दाङ, २२ साउन । शान्तिनगर–१ (हाल तुलसीपुर–५) निवासी केबि वलीले आफ्नो जन्मदिनको अवसरमा मानबसेवा आश्रम तुलसीपुरमा रहेका अभिभावकविहीन, असहाय नागरिकहरुलाई बिहानको खाजा भोजन गराउनु भएको छ । नयाँ संस्कारको स्थापित गर्न र समाजसेवामा रुची राख्ने हुँदा आफ्नो जन्मदिनमा आश्रममा रहनु भएका ६० जना असहाय नागरिकहरुलाई केबिले विहानको खाजा खुवाउनु भएको हो ।
उक्त अवसरमा नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सचिवव तिलक सिले पुँजीपति संस्कार, संस्कृतिअनुसार ठूला ठूला होटल, महल, रेस्टुरेन्ट फजुल खर्च गर्नुभन्दा मानव सेवा आश्रम तथा सामाजिक कार्यमा दान, सहयोग गर्नुले समाजमा सकारात्मक संदेश दिने बताउनु भएको । केबिले सानै उमेरमा क्रान्तिकारी विचारका साथ समाजसेवा र सधै समाजपरिवर्तनको पक्षमा उभिने सशक्त युवाको रूपमा अघि बढ्न सल्लाह दिंदै शुभकामना व्यक्त गर्नु भएको थियो ।
यस्तै उहाँले असहाय नागरिकहरुलाई एउटै छाना मुनि राखी अभिभावकीय भूमिका निर्वाह गरेको भन्दै मानसेवा आश्रम परिवारलाई पनि धन्यवाद व्यक्त गर्नु भएको थियो ।
त्यस्तै लायन्स क्लब अफ क्यापिटल दाङका निवर्तमान अध्यक्ष दिपक केसीले सानै उमेरमा समाजलाई बुझन सक्ने हरेक क्षेत्रमा आफ्नो छुट्टै पहिचान गराउन सफल एक युवाले आफ्नो खर्च कटाई यस्ता उदाहरणीय काम गर्दा नयाँ पिढीले पनि सिक्दै जाँदा समाजमा सकारात्मक सन्देश जाने बताउनु भयो ।
यस्तै संचारकर्मी एच।आर मगरले सहयोगी कार्यले समाजमा सकारात्मक प्रभाव पार्नुका साथै अभिभावकविहीन असहाय नागरिकहरुलाई एक छाक भोजन गराउनु पनि महान कार्य भएको बताउनु भयो । यस्तै उहाँले आजको मानवीय सहयोगले भोलिका दिनमा सकारात्मक उर्जा प्राप्त हुने बताउनु भयो ।
