• ट्रेण्डिङ्ग :
कमल थापाले भोली पार्टी घोषणा गर्दै

कमल थापाले भोली पार्टी घोषणा गर्दै


  • 7.1K
    SHARES
    • फाल्गुण ६, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    कमल थापाले भोली पार्टी घोषणा गर्दै


    काठमाडौँ,फागुन ६ । केही दिनअघि राजेन्द्र्र लिङ्देन नेतृत्वको राप्रपा परित्याग गरेका कमल थापाले शनिबार नयाँ पार्टी घोषणा गर्ने भएका छन् । काठमाडौँ स्थित राष्ट्रियसभा गृहमा थापाको पार्टी ‘राप्रपा नेपाल’ घोषणा हुने भएको हो । थापाले सामाजिक सञ्जाल मार्फत शनिबार पार्टीको घोषणा सभा रहेको जानकारी दिएका छन् ।

    images

    राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर थापाले राप्रपा नेपालको घोषणा गर्न लागेका हुुन् ।
    उनले आफ्नो पार्टीको नारा ‘सम्वद्र्धनबाद,शुशासन र समृद्धि’ तय गरेका छन् । राप्रपाका पूर्व अध्यक्ष थापाले केही दिन अघि नेतृत्व प्रति असहमती जनाउँदै राप्रपा परित्याग गरेका थिए । 

     


    तेस्रो आँखा