• ट्रेण्डिङ्ग :
बस अनियन्त्रित भई पल्टिँदा तीन जना घाइते

बस अनियन्त्रित भई पल्टिँदा तीन जना घाइते


  • 3.8K
    SHARES
    • श्रावण २५, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.9K Views

    बस अनियन्त्रित भई पल्टिँदा तीन जना घाइते

    तुलसीपुर २५ साउन । घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको बस अनियन्त्रित भई पल्टिँदा तीन जना घाइते भएका छन् ।घाइतेहरुको अवस्था सामान्य छ ।

    images

    शुक्रबार दिउँसो सवा १२ बजेको समयमा तुलसीपुर-१९ ग्वारखोला स्थित घोराहीबाट तुलसीपुर आउदै गरेको रा१ ख ९१५ न. को यात्रुवाहक बस अनियन्त्रित पल्टिएको थियो ।  उक्त बसका सवार दाङको दंगीशरण -५ बस्ने  ६० वर्षीया प्रमी चौधरी निधारमा चोट अवस्था  सामान्य, तुलसीपुर १९ निवासी  रुचा कराला मुखमा चोट सामान्य र तुलसीपुर १४ बस्ने बर्ष ३२ वर्षीया गिता बस्नेत मुखमा चोट सामान्य रहेको ईप्रका तुलसीपुरले जनाएको छ ।

    उनिहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भई रहेको छ । बस चालक फरार छन् भने सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


    तेस्रो आँखा