दंगीशरण २६ साउन / दंगीशरण ४ को सुकदेवामा नवनिर्मित योगहल भवनको उद्घाटन गरिएको छ । आज एक कार्यक्रमकाविच दंगीशरण गाउँपालिकाबाट बिनियोजित १० लाख रुपैयाबाट निर्माण सम्पन्न भएको योगहलको गाउँपालिका अध्यक्ष शम्भु गिरी र उपाध्यक्ष पिमा वलि खड्काले उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गिरीले शारिरिक र मानसिक स्वास्थ्यकालागि योग अपरीहार्य रहेको बताउनुभयो । समजमा पछिल्लो समय मानसिक रोगीको संख्यामा वृद्धि हुदै गएको प्रती दुख ब्यक्त गर्दै मानसिक स्वास्थ्यलाइ स्वस्थ राख्न योगमा जोडिन आवस्यक रहेको बताउनुभयो ।
अहिले उद्घाटन गरेको योगहल योगका लागी मात्र नभइ दंगीशरण ४ मा हुने हरेक सार्वजनिक कार्यक्रम गर्नकालागी समेत रहेको बताउनुभयो । रोग शोक र भोगको निराकरण गर्ने एक मात्र उपाय योग नै रहेको बताउदै गिरीले आफु निर्वाचित भएर आइसकेपछी एक वडा एक योगहल निर्माणको अबधारणा अनुरुप आफु अगाडी बढेको समेत जानकारी दिनुभयो ।
भवन उद्घाटन अवसरमै बोल्दै गाउँपालिका उपाध्यक्ष खड्काले योगहल निर्माणले बिहान योग प्रणायाम र दिउसोको समयमा जुनसुकै कार्यक्रम गर्नमिल्ने गरी योगहलको निर्माण भएको बताउनुभयो । आफु समेत योगमा जोडिने बताउने वडा अध्यक्ष वलिले सबैमा योग प्रणायाम र ध्यानको महत्त्ववारे बुझेर समाजलाइ स्वस्थ र सस्कारयुक्त बनाउन लागि पर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा पतन्जलि योग समिती दाङका जिल्ला सह प्रभारी बिनोद चौधरीले योगको फाइदा र यसको महत्त्वबारे प्रस्ट पार्नु भएकोथियो । सह प्रभारी चधरीले योगको वारे बोलेर भन्दा पनि अभ्यास बाट मात्र पुरा हुने बताउनुभयो ।
उद्घाटन कार्यक्रम वडा न ४ का वडा सदस्य शिताराम चौधरीको अध्यक्षता गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा भएकोथियो । कार्यक्रमको सहजीकरण पतन्जलि योग समिती शान्तिनगरका प्रभारी निम बहादुर खड्काले गरेका थिए ।
