दाङ २७, साउन । दाङको बहुलाले बगाउँदा एघार वर्षीय वालकको मृत्यु भएको छ। मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका वडा नं २ विष्णुपुर निवासी कोमल विष्टका ११ वर्षीय छोरा अनिश विष्ट रहेका छन्। शनिबार दिउसो साढे १ बजेको समयमा बालक नुहाउन गएको बेला बहुला खोलाले बगाएको थियो।
बालकलाई खोलाले बगाएको जानकारी पश्चात इलाका प्रहरी कार्यालय खिलतपुरबाट गएको टोलीले शान्तिनगर वडा नं ५ रगैँजा सिचाइ बाँधमा बालकको शव फेला पारेको थियो । अहिले बालकको शव पोष्टमार्टमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको छ।
