• ट्रेण्डिङ्ग :
मैले गीताको कसम तोडिनँ – कमल थापा 

मैले गीताको कसम तोडिनँ – कमल थापा 


  • 11.2K
    SHARES
    • फाल्गुण ७, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 17.2K Views

    मैले गीताको कसम तोडिनँ – कमल थापा 


    काठमाडौँ, फागुन ७ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले राप्रपा नफूटाउने भनेर खाएको ‘गीता कसम’ नतोडेको बताएका छन् । आफूले चाहेको भए राप्रपा भित्रको ठूलो शक्ति बिभाजित भैसक्ने उनको भनाई छ । राप्रपा परित्याग पछि शनिबार नयाँ पार्टी राप्रपा नेपालको घोषणा गर्दै थापाले भने ‘गीता सनातन हिन्दु धर्माबलम्बीहरुको महाग्रन्थ छोएर राप्रपा नफूटाउने कसम खाएको थिएँ, यसर्थ राप्रपा फूटाएन, पार्टी छोडिदिएँ ।’

    images

    राप्रपाका थुप्रै केन्द्रीय सदस्यहरुले पार्टी फूटाउन सल्लाह दिएको भएपनि आफूले पार्टी फोड्नुलाई जायज नमानेर अस्वीकार गरेको बताए । ‘मलाई थुप्रै केन्द्रीय सदस्यहरुले ४० प्रतिसत पुर्याएर पार्टी फूटाउन प्रसताव गर्नुभएको थियो,’ उनले भने ‘तर मैले पार्टी फूटाउने प्रस्तावलाई अस्वीकार गरेँ ।’ साथै उनले राप्रपा परित्याग गरेर राजनीतिबाट निष्कृय भएर बस्ने मनस्थिती बनाएको समेत बताए । तर आफूलाई आफ्ना समर्थकहरुले राजनीतिक रुपमा निष्कृय भएर बस्न नदिएको बताए ।

    ‘म राजनीतिबाट निष्कृय भएर बस्ने मनस्थितमा थिएँ र राप्रपा परित्याग गरेँ,’ उनले भने ‘तर मलाई मेरा समर्थक, मलाई मायौँ गर्ने शुभेच्छुकहरुले त्यसरी बस्न दिनु भएन, मेरो अन्तर आत्माले पनि मानेन र नयाँ शक्ति निर्माणको अभियानमा जोडिएँ ।’ 
    उनले राप्रपामा बस्दा आफ्नो तर्फबाट भएका गल्तीहरुको माफी समेत मागे ।  

    पार्टी भित्र राजसंस्था हाबी भएकाले आफू त्यो पार्टीमा नबस्ने निर्णय लिएको भन्दै थापाले भने ‘राजसंस्था हाम्रो सद्भाव थियो, तर त्यही संस्था पार्टी माथि हाबी भैदियो, यो राप्रपाका लागि निकै खतरनाक थियो ।’ आफूले पार्टी नेतृत्वलाई राजसंस्था पार्टी भन्दा माथि उठेको भन्दै उक्त बिषयको निराकरणका लागि आग्रह गरेको समेत बताए । ‘त्यो संसथाले कुनै गुट,एउटा ब्यक्तिको पक्षपोषण गर्दाखेरी हामीले परिकल्पना गरेको राजसंस्था माथि ठूलो आघात पुर्यायो,’ थापाले भने ‘मैले यो बिषयको निराकरणका लागि नेतृत्वलाई अनुनयबिनय गरेँ, तर मेरो मागलाई रद्धिको टोकरीमा फालियो ।’  

    राजसंस्था हाबी भएको राप्रपालाई एकलौटी रुपमा चलाउन खोजिएको भन्दै थापाले आफूलाई त्यस्तो पार्टीमा बस्न नैतिकताले नदिएको बताए ।   राजसंस्थाकै योजना मुताबिक आफूलाई पार्टीबाटै लखेट्न खोजिएको भन्दै थापाले भने ‘योजनाबद्ध रुपमा पाखा लगाउने, धकेलेर पर पुर्याउने काम भयो ,यसरी राप्रपामा गलत प्रबृत्ति हाबी हुन थाल्यो ,पार्टीको पतनलाई हेर्ने छुट मलाई थिएन , यो अवस्थामा म बाध्य भएर अलग हुनुपर्यो ।’

    राप्रपा नेपाललाई ठूलो राष्ट्रबादी शक्तिका रुपमा निर्माण गर्ने बाचा गरेका थापाले आफूले यो पार्टीलाई अब धोका नदिने समेत बाचा गरे । ‘मैले यो पार्टी अनि यो पार्टीमा रहेका कार्यकर्ताहरुलाई धोका दिने छैन,’ उनले भने ‘यसलाई देशकै एकमात्रै ठूलो राष्ट्रबादी शक्तिका रुपमा उभ्याउनका लागि म सदैव लागिरहने छु ।’ 


    तेस्रो आँखा