• ट्रेण्डिङ्ग :
‘राज संस्था’ के गर्छ कमल थापाको राप्रपा नेपालले ? 

‘राज संस्था’ के गर्छ कमल थापाको राप्रपा नेपालले ? 


  • 14.2K
    SHARES
    • फाल्गुण ७, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 21.9K Views

    ‘राज संस्था’ के गर्छ कमल थापाको राप्रपा नेपालले ? 

    काठमाडौँ,फागुन ७ ।  राप्रपाको महाधिवेशनबाट अध्यक्षमा पराजित भएका कमल थापाको क्रोध ‘राजसंस्था’ माथि थियो । जुन राजसंस्थाको एजेण्डा बोकेर उनै थापाले राप्रपाको राजनीतिक यात्रालाई कुदाईरहेका थिए । तर उही राजसंसथा प्रति क्रोधित हुने अवस्थामा थापा त्यतिबेला पुगे , जब त्यही राजसंस्थाले आफूलाई अध्यक्षमा हराईदिएको भान भयो । फलतः अहिले बोली फेर्दै थापा भन्छन् ‘राजसंसथा हाम्रो सद्भाव मात्रै थियो, त्यही संस्था पार्टीमा हाबी भैदियो, जुन किमार्थ राम्रो पक्ष हैन ।’ 

    images

    यही असन्तुष्टिले थापालाई राप्रपामा बस्न असैह्य बन्दै गयो , फलतः लामो समय देखि आफूले नेतृत्व गर्दै आएको पार्टीलाई ‘लात’ मारिदिए, पार्टी छोडे । उनकै भनाई अनुसार राजनीतिक निष्कृयताकै अवस्थामा बस्ने ‘मुड’ बनाएर राप्रपा परित्याग गरेका थापा त्यो मौनता ‘साँध्न’ सकेनन् । फलतः राप्रपा नेपालको अर्को शक्तिको अध्यक्ष बन्न लालायीत देखिए ।

    शनिबार उक्त पार्टीको घोषणा पनि उनै थापाले गरिसकेका छन् । ‘म राजनीति देखि टाढै बस्छु भनेको थिएँ,तर मेरा शुभचिन्तकहरुले मलाई निष्कृय रुपमा बस्न दिनु भएन,’ थापाले पार्टी घोषणाका क्रममा भने ‘मेरो अन्तर आत्माले पनि दिएन ।’ 
    बर्षौँ सम्म राज संस्थाको वकालत गर्दै राप्रपालाई राजबादी शक्तिको रुपमा परिचित गर्दै आएका थापाको नयाँ पार्टी राप्रपा नेपालले राज संस्थालाई उसैगरि बोक्छ की बोक्दैन ? यो आमचासोको बिषय बन्यो ।

    तर पार्टीको राज संस्थाको हस्तक्षेपकै कारण राप्रपा परित्याग गर्न बाध्य भएको सुनाउँदै आएका थापाले अब राज संस्थाको ‘क्रोध’ लाई कायमै राख्ने भएका छन् । फलतः उनको नयाँ पार्टी राप्रपा नेपालले भने राज संस्थाको एजेण्डालाई पूर्ण रुपमा परित्याग गर्ने नीति लिएको छ । थापाले राज संस्था प्रतिको ‘सम्मान’ मात्रै गर्न सकिने नीति राप्रपा नेपालको रहेको बताए ।

    तर पार्टीगत एजेण्डा भनेको जनता केन्द्रीत र लोकतन्त्रको मुल्य र मान्यता केन्द्रीत राजनीति मात्रै हो । ‘राज संस्थालाई सम्मान गर्दै जनता र लोकतन्त्रको मुल्य मान्यता केन्द्रीत राजनीतिको एजेण्डा राप्रपा नेपालले बोकेको छ,’ थापाले भने ‘राप्रपा नेपाल राज संस्था केन्द्रीत पार्टी हैन, यसमा कोही पनि आशंकामा पर्नुहुन्न ।’  

    त्यो सम्मान पनि तत्कालीन राजाहरुको योगदानका निम्ती मात्रै भएको उनले सुनाए । ‘पूर्वराजा ज्ञानेन्द्रको भुमिकाका बारेमा कुनै चर्चा नगरेका थापाले पूर्व राजा बिरेन्द्र शाह सम्मको योगदानको सम्मानमा पार्टी रहने बताए । पृथ्वी नारायण शाहले गरेको नेपाल एकीकरणको योगदान, प्रजातन्त्रको स्थापनामा त्रिभवुनले गरेको योगदान, आधुनिकीकरण र राष्ट्रियताको सम्वद्र्धनमा महेन्द्रले गरेको योगदान र नेपालको पूर्वाधार बिकासमा बिरेन्द्रले गरेको योगदानको उच्च प्रशंशा गर्छौँ र हाम्रो पार्टीले त्यो योगदानको सम्मान गर्छ,’ थापाले भने ‘तर केही बर्षयताको घटनाक्रमले त्यो राज संस्था राष्ट्रियताको प्रतिकका रुपमा रहन सकेन ।’ 


    तेस्रो आँखा