• ट्रेण्डिङ्ग :
जिल्ला प्रशासन कार्यालय दाङद्वारा प्रशोधित पानीको मूल्य निर्धारण

जिल्ला प्रशासन कार्यालय दाङद्वारा प्रशोधित पानीको मूल्य निर्धारण


  • 4.0K
    SHARES
    • श्रावण २७, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.2K Views

    जिल्ला प्रशासन कार्यालय दाङद्वारा प्रशोधित पानीको मूल्य निर्धारण

    घोराही २७ साउन/ जिल्ला प्रशासन कार्यालय दाङले प्रशोधित पानीको मूल्य निर्धारण गरेको छ । कार्यालयले आइतबार एक सूचना जारी गर्दै बोत्तल र जारको प्रशोधित पानीको मूल्य निर्धारण गरिएको जानकारी दिएको छ । 

    images

    सूचनामा भनिएको छ, प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य सम्बन्धमा संघीय संसद, प्रतिनिधिसभा, उद्योग तथा वाणिजय र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन समितिको प्रतिवेदन अनुसार मूल्य निर्धारण गरिको जनाएको छ । जसअनुसार एक लिटरको साधारण प्रशोधित पानीको अधिकतम मूल्य २० रुपैया कायम भएको छ । यसअघी एक लिटरको पानी २० देखि ३० रुपैयाँसम्म पर्ने गरेको थियो । त्यसैगरी २० लिटर जारको अधिकतम मूल्य ६० रुपैँया निर्धारण गरिएएको प्रशासकीय अधिकृत निमबहादुर केसीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । यसअघी २० लिटरको जारलाई ४० देखि ५० रुपैँया पर्ने गरेको थियो ।  

    कार्यालयले जारी गरेको मूल्यभन्दा बढी रकममा विक्रि वितरण गरिएको पाइएमा विक्रेतालाई हदैसम्मको कारबाही गरिने सूचनामा उल्लेख छ । साथै तोकिएको मूल्यभन्दा बढीमा खरिद नगर्न वा कसैले बढी रकम लिन खोजेमा जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालयमा जानकारी गराउन सम्पूर्ण सर्वसाधारमा कार्यालयले अनुरोध गरेको छ ।


    तेस्रो आँखा