• ट्रेण्डिङ्ग :
स्थापना दिवसका अवसरमा रक्तदान

स्थापना दिवसका अवसरमा रक्तदान


  • 6.3K
    SHARES
    • श्रावण २७, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 9.7K Views

    स्थापना दिवसका अवसरमा रक्तदान

    दाङ, २७ साउन । रक्तदान नै जीवनदान भन्ने नाराका साथ दाङ भ्याली यातायात प्रालिले स्थापना दिवसका अवसरमा रक्तदान गरेको छ । तेस्रो स्थापना दिवसका अवसरमा दाङका दुई स्थान तुलसीपुर र घोराहीमा रक्तदान गरिएको हो । तुलसीपुरस्थित रक्त सञ्चार केन्द्रबाट ४० जना र घोराही रक्तदान केन्द्रबाट १४ जना गरी जम्मा ५४ जनाले रक्तदान गरेका हुन । सवारी दुर्घटनामा परी घाइते भएकाहरुका लागि आवश्यक पर्दा रगतको अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।  

    images

    पछिल्लो समय जिल्लामा रगतको अभावका कारण बिरामी तथा घाइतेहरुले सास्ती भोग्दै आइरहेको हुदाँ उक्त समस्या समधान गर्नका निम्ति रक्तदान कार्यक्रमको आयोजना गरिएको दाङ भ्याली यातायात प्रालिका अध्यक्ष बेत प्रकाश वलीले जानकारी दिनुभयो । दाङ भ्याली यातायात प्रालिले नाफामुखी कामहरु मात्रै नभएर विभिन्न सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको उहाँले स्मरण गराउनुभयो । 

     

    यस्तै कार्यक्रममा नमस्ते एकता यातायात प्रालिका सल्लाहकार ईश्वरी प्रसाद गैरेले रक्तदान गर्दा हुन फाइदाहरुका विषयमा प्रकाश पार्नुभएको थियो । आफुले २१ ‌ॵ पटक रक्तदान गरिसकेको बताउदै अन्य रक्तदाताहरुलाई उहाँले हौसला प्रदान गर्नुभयो । 

    पहिलो पटक रक्तदान गर्न पुग्नुभएका पुरुषोत्तम रजौरेले कार्यक्रममा सहभागी हुन पाँउदा खुशी लागेको बताउनु भएको थियो । आफ्नो रगतले कसैको ज्यान बचाउन मद्दत पुगोस् भन्ने उद्धेश्यले रक्तदान गर्न आएको उहाँले बताउनुभयो । दाङ भ्याली यातायात प्रा।लिका पदाधिकारीहरु, कर्मचारीहरु, आबद्ध रहेका अटो टेम्पो चालकहरु र विभिन्न संघ संस्थाबाट आमन्त्रित ५४ जना ब्यत्तिहरुले रक्तदान गरेका हुन । 

    रक्तदान कार्यक्रमलाई निरन्तरता दिने समेत कार्यक्रममा बताइएको छ । दाङ भ्याली यातायात प्रालिले जिल्लाभर ४ वटा शाखा सञ्चालन गरेको छ भने ती शाखाहरुमा ८ सय बढी तिन पाङग्रे अटो टेम्पो आबद्ध रहेका छन् ।


    तेस्रो आँखा