• ट्रेण्डिङ्ग :
स्कुटर र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना घाइते

स्कुटर र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना घाइते


  • 4.3K
    SHARES
    • श्रावण २८, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 6.7K Views

    स्कुटर र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना घाइते

    तुलसीपुर २८ साउन । तुलसीपुरमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् ।

    images

    सोमबार बिहान ११:३५ बजेको समयमा तुलसीपुरदेखि घोराही तर्फ जाँदै गरेको रा ८ प १५६० नं को स्कुटर र विपरित दिशावाट आउदै गरेको रा ३ प ९१८४ नं.को मोटरसाइकल हात्तीखौवा चोकमा आपसमा ठोक्किएका थिए । 

    घाइते हुनेमा स्कुटी चालक तुलसीपुर -६ बस्ने वर्ष १८ की संजिता केसी  दुवै हात, खुट्टा र शरिरमा  चोट सामान्य र मोटरसाइकल चालक तुलसीपुर - १७ निवासी बर्ष ३० को अजय खनाल हातमा चोट सामान्य लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनिहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइ रहेको छ ।


    तेस्रो आँखा