• ट्रेण्डिङ्ग :
बाइक र स्कुटर जुध्दा छोराको मृत्यु, आमा गम्भीर

बाइक र स्कुटर जुध्दा छोराको मृत्यु, आमा गम्भीर


  • 2.6K
    SHARES
    • श्रावण २९, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.9K Views

    बाइक र स्कुटर जुध्दा छोराको मृत्यु, आमा गम्भीर

    बुटवल, २९ साउन । बुटवल उपमहानगरपालिका- १३ बेलबासमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मंगलबार लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

    images


    दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटरका चालक बुटवल उपमहानगरपालिका-१३ का २३ वर्षीय अंकृत पाठकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको प्रहरी प्रमुख पण्डितले जानकारी दिए । दुर्घटनामा परी अंकृत पाठककी ४३ वर्षीया आमा गौमुखी पाठक गम्भीर घाइते छन् ।

    मोटरसाइकलका चालक कपिलवस्तुको वाणगंगा घर भएका १८ वर्षीय सागर थारु पनि घाइते छन् । घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये ४३ वर्षीया पाठकको अवस्था गम्भीर रहेको छ ।

     


    तेस्रो आँखा