• ट्रेण्डिङ्ग :
तुलसीपुरमा अटो अनियन्त्रित भई पल्टिँदा पाँच जना घाइते

तुलसीपुरमा अटो अनियन्त्रित भई पल्टिँदा पाँच जना घाइते


  • 2.9K
    SHARES
    • श्रावण २९, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.5K Views

    तुलसीपुरमा अटो अनियन्त्रित भई पल्टिँदा पाँच जना घाइते

    तुलसीपुर २९ साउन/ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ हात्तिखौवा चोक नजिकै अटो दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका छन् । मंगलबार दिउँसो साढे १ बजेको समयमा तुलसीपुरबाट बिजौरी तर्फ जाँदै गरेको रा १ ह ७३४६ नं. को अटो आफै अनियन्त्रित भइ पल्टिँदा चालक सहित पाँच जना घाइते भएका हुन् ।

    images

    घाइते हुनेमा अटो चालक तुलसीपुर १७ निवासी २२ वर्षीय भुपेन्द्र वली, अटोमा सवार तुलसीपुर ७ निवासी २९ वर्षीय शंकर खड्का,  तुलसीपुर १९ का ४१ वर्षीया बुद्धिकला वली, रोल्पाको रुन्टिगडी ४ निवासी ३३ वर्षीया सीता पुनलाई सामान्य चोट लागेको छ ।

    त्यसेगरी सीताको छोरी १२ वर्षीया लक्ष्मी पुनलाई शरीरमा भित्री चोट लागेको र उनको अवस्था मध्यम रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।

    450283630_1573743163579854_5621559900860115883_n.jpg


    तेस्रो आँखा