काठमाडौं, ७ फागुन । सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले संसद्मा दर्ता भएको एमसीसी सम्झौता टेबल गर्न दिने भएको छ ।
पार्टीको शनिबार बसेको स्थायी कमिटी बैठकले संसद्मा छलफलका लागि टेबल गर्न दिने निर्णय गरेको हो । बैठकले यथास्थितीमा पारित गर्न नसकिने बताउँदै छलफलका लागि टेबल गर्न दिने भएकाे हाे ।
यस्तै, बैठकमा अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे १६ बुँदे व्याख्या गर्दै अन्तिममा टेबल गर्न दिने निष्कर्ष सुनाए ।
यसअघि माओवादी केन्द्र र नेकपा (एस)ले संसद्मा टेबल गर्न नदिने अडान लिएका थिए ।
