• ट्रेण्डिङ्ग :
अध्यक्ष दाहालसँग अष्ट्रेलियाली राजदूतको बिदाइ भेट

अध्यक्ष दाहालसँग अष्ट्रेलियाली राजदूतको बिदाइ भेट


  • 3.3K
    SHARES
    • श्रावण ३०, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.1K Views

    अध्यक्ष दाहालसँग अष्ट्रेलियाली राजदूतको बिदाइ भेट

    काठमाडौँ, ३० साउन । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गर्नुभएको छ ।

    images

    खुमटारस्थित अध्यक्ष दाहालको निवासमा भएको भेटमा राजदूत भोल्कले नेपालको सङ्क्रमणकालीन न्यायका साथै शान्ति प्रक्रियाका बाँकी काम सहमतिमा टुङ्ग्याउन लागेकामा बधाई ज्ञापन गर्नुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । यसबाट अन्तर्राष्ट्रिय जगत्मा  नेपालको गरिमा बढेको राजदूत भोल्कले बताउनुभयो ।

    पूर्वप्रधानमन्त्री दाहालले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई सुदृढ बनाउन राजदूत भोल्कले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उहाँको कूटनीतिक जीवनको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।


    तेस्रो आँखा