• ट्रेण्डिङ्ग :
तुलसीपुरमा संघीय नमुना संसद अभ्यास सुरु

तुलसीपुरमा संघीय नमुना संसद अभ्यास सुरु


  • 3.5K
    SHARES
    • श्रावण ३१, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 5.3K Views

    तुलसीपुरमा संघीय नमुना संसद अभ्यास सुरु

    तुलसीपुृर, ३१ साउन । तुलसीपुर मेट्रो कलेज कानुन संकायका विद्यार्थीहरुले दुई दिने संघीय नमुना संसद कार्यक्रम सुरु गरेका छन् । आज र भोलि हुने नमुना संसद कार्यक्रम मेट्रो थिङ्क ट्याङ्क क्लवको आयोजना तथा तुलसीपुर मेट्रो कलेजको सहकार्यमा भएको हो । 

    images

    मेट्रो थिङ्क ट्याङ्क क्लवका अध्यक्ष प्रविण यादवको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर खड्काले संसददिय व्यवस्थाभित्र संसदलाई विकृत बनाउने, खर्चिलो बनाउने, पैसा भएकाहरु संसदमा जाने र पैसा नभएकाहरु निर्वाचनको कल्पना समेत गर्न नसक्ने भएकाले विकृत पक्षको स्थापित गर्न खोजिएको बताउनुभयो । यो कुरालाई निस्तेज नगर्दासम्म संसद व्यवस्थालाई मर्यादित र उत्कृष्ट व्यवस्था भन्न नसकिने उहाँले बताउनु भयो । उहाँले कानुनका विद्यार्थीले विभिन्न किसिमका अनियमिततालाई खबरदारी गर्ने, आकर्षक ढंगले कानुन निर्माण गर्ने भएको हुँदा संसदमा कानुनको आवश्यकता पर्ने बताउनु भयो । 

    WhatsApp Image 2024-08-15 at 10.39.41 AM (2).jpeg

    त्यस्तै कार्यक्रममा मेट्रो कलेजका प्रमुख बसन्त आचार्यले विद्यार्थीको क्षमताअनुसार कलेज व्यवस्थापन गर्न कठिन भएको बताउनु भयो । कलेजको नजिताले दुई पटक युनिभर्सिटी टप गरेको र क्षमतावान विद्यार्थी उत्पादन गरेको उहाँले बताउनु भयो । त्यस्तैगरी नगरपालिकाको सहकार्यमा उपमहानगरको प्रांगनमा कानुनका विद्यार्थीले सेवाग्राहीका लागि निवेदन लखिदिने र कानुनी सहयोग गर्ने जानकारी दिनुभयो । 

    कानुन विद्यार्थी रोशनी थापाको स्वागत मन्तव्यबाट सुरु भएको राष्ट्रव्यापी संघीय नमुना सांसद कार्यक्रममा तुलसीपुर शिक्षा अधिकृत मनबहादुर खड्का, विद्यार्थी पारस वलीलगायतकाले बोल्नु भएको थियो । उक्त कार्यक्रमको सहजीकरण अनिसा बुढा मगरले गर्नुभएको थियो । भोलि ३२ गते संसदमा विधेयक कसरी पेश तथा पारित गर्ने कार्यक्र रहेको आयोजकले बताएको छ ।

    WhatsApp Image 2024-08-15 at 10.39.41 AM (1).jpeg


    तेस्रो आँखा