तुलसीपुर, ३१ साउन । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ ले सरसफाई अभियान सुरु गरेको छ । बिहीबार वडाका ६५ वटा टोल विकास संस्थाहरुकाे चाेकमा डस्टविन राखेर सरसफाई अभियानको सुरु गरिएको हो ।

विशेषगरी बाटोमा हिड्ने बटुवाहरुलाई लक्षित गरेर आज ६५ वटा मूख्य चोकमा डस्टविन राखिएको वडाध्यक्ष दुजमान भण्डारी (वर्षात)ले तेस्रो आँखालाई जानकारी दिनुभयो । बाटोमा हिड्ने बटुवाहरुले जथाभावी चुरोटका ठुटा, गुट्काको खोल, फलफुलका बोक्रा फाल्न सहज होस् भनेर आज हामीले वडाका ६५ वटा टोलमा डस्टविन वितरण गरेका हौ, बाँकी टोल पनि यही वर्ष डस्टविन वितरण गर्ने योजना छ वडाध्यक्ष भण्डारीले भन्नुभयो ।
चुनावी वाचाअनुसार वडालाई सरसफाईयुक्त राख्नको लागि डस्टविन वितरण गरिएको उहाँले बताउनु भयो । यो कार्यक्रम निरन्तर सञ्चालन गर्ने उहाँले बताउनु भयो । यस वडामा ८० वटा टोल विकास संस्थाहरु छन् ।
तुलसीपुर वडा ६ र इन्लासे संस्थाको सहकार्यमा गाइडहरको सगरमाथा टोलबाट सरसफाई कार्यक्रम सुरु गरिएको हो ।
