काठमाडौं, ८ फागुन। नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनले आइतबार बिहान गरेको एमसीसी संसदमा टेवुल गर्ने निर्णयप्रति आपत्ति जनाएका छन्।
संविधान विपरित गठबन्धनले एमसीसी टेवुल गर्ने निर्णय गरेकोसमेत उनले आरोप लगाए।
‘एमसीसी अनुमोदन गर्नको लागि ऐन पनि छैन। संघीय ऐन नबनाई संसदमा टेवुल गर्न सकिदैन,’ उनले भने ‘यो संविधान विपरित पनि छ।’ शनिबार मात्र आफ्नो पार्टीले एमसीसी सम्झौता परिमार्जन नगरी अगाडी नबढाउने निर्णय गरेको उनले बताए ।
विदेशीहरुको दबाबमा पार्टीहरु झुक्दै गएको उनकाे भनाइ छ ।
