काठमाडौं, ८ फागुन। प्रधानमन्त्री शेरबहादुर देउवा संसद भवन नयाँ बानेश्वर पुगेका छन्। दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक अझै सुरु हुन सकेको छैन।
प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ। समितिको बैठकपछि संसद बैठक बस्नेछ। सोही बैठकमा सहभागी हुन प्रधानमन्त्री पुगेका हुन्।
आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरिएको छ। यसको विरोधमा नयाँ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन भइरहेको छ।
