• ट्रेण्डिङ्ग :
एमसीसी संसदमा टेबल नगर्न सभामुख अग्निप्रसाद सापकोटलाई नेता देव गुरुङ आग्रह

एमसीसी संसदमा टेबल नगर्न सभामुख अग्निप्रसाद सापकोटलाई नेता देव गुरुङ आग्रह


  • 7.5K
    SHARES
    • फाल्गुण ८, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    एमसीसी संसदमा टेबल नगर्न सभामुख अग्निप्रसाद सापकोटलाई  नेता देव गुरुङ आग्रह

    काठमाडाैं,८ फागुन । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल नगर्न सभामुख अग्निप्रसाद सापकोटलाई आग्रह गरेका छन् ।

    images

    आइतबारको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै उनले एमसीसीमा राष्ट्रिय हित विपरीतका विषय रहेको, संसद अवरोध रहेको र आर्थिक सहयोगसम्बन्धी सम्झौता संसदमा पेश गर्ने प्रचलन पनि नभएकाले एमसीसी पनि टेबल गर्न नहुने बताए ।

    एमसीसी कार्यसूचीमा राख्ने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति पनि नभएको भन्दै गुरुङले संसद अवरोध भइरहेका बेला बरु संसद खुलाउन ध्यान दिन आग्रह गरे ।


    तेस्रो आँखा
    लेखकबाट थप