• ट्रेण्डिङ्ग :
राष्ट्रिय सभामा टिआरसी विधेयक पेस

राष्ट्रिय सभामा टिआरसी विधेयक पेस


  • 2.3K
    SHARES
    • भाद्र २, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 3.6K Views

    राष्ट्रिय सभामा टिआरसी विधेयक पेस

    काठमाडौँ, २ भदौ । राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेस भएको छ ।

    images

    आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेस गरेका हुन् ।

    मन्त्री चौरसियाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग .तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गरे ।

    यसअघि प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेको छ । अहिले विधेयकमाथि सांसदहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ ।


    तेस्रो आँखा