काठमाडौं, ८ फागुन। प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पेस गरिएको छ ।
आइतबार बसेको प्रतिनिभिसभा बैठकमा अर्थमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन् । सो सम्झौता अनुमोदनका लागि पेस गरिएको हो ।
मन्त्री कार्कीलेले एमसीसी पेस गरिरहँदा सांसदहरूले विरोध गरेका थिए । उनीहरुले एमसीसी राष्ट्रघाती रहेको दाबी गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटामाथि खनिँदै उनीहरुले एमसीसी अनुमोदन गर्न नहुनेमा जोड दिएका थिए ।
यस्तै, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सर्वदलीय सहमतिमा एमसीसीबारे निर्णय लिनुपर्ने बताए । उनले दलीय सहमतिविना एमसीसीलाई कार्यसूचीमा राखिएकोमा आपत्ति जनाए ।
सांसद भीम रावल र प्रेम सुवालले पनि विरोध जनाए । सासद दुर्गा पौडेलले पनि विरोध जनाइरहेकी छन् । संसदमा एमसीसी टेबल भइरहदा संसद भवनभित्र सांसदहरूले र बाहिर नागिरकहरूले अवराेध गरिरहेका छन् ।
