• ट्रेण्डिङ्ग :
वाइवाइको ट्रेडमार्क नक्कल नगर्न सर्वोच्च अदालतको आदेश

वाइवाइको ट्रेडमार्क नक्कल नगर्न सर्वोच्च अदालतको आदेश


  • 5.4K
    SHARES
    • भाद्र ३, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 8.3K Views

    वाइवाइको ट्रेडमार्क नक्कल नगर्न सर्वोच्च अदालतको आदेश

    काठमाडौँ, ३ भदौ । सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ । साउन ३२ गते न्यायाधीश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेश दिएको हो । 

    images

    करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरेको भन्दै यसलाई रोक्न सीजी फुड्स नेपाल लिमिटेड अदालत गएको थियो । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध यशोदा फुड्स वाइवाइको जस्तै देखिने ट्रेडमार्क  प्रयोग गर्न पाउनु पर्ने दावीका साथ सर्वोच्च अदालत गएको थियो । 

    सर्वोच्च अदालतले पनि उच्च अदालत पाटनको आदेशलाई सदर गर्दै करेन्ट चाउचाउलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको हो ।

    यशोदा फुड्सद्वारा उत्पादीत करेन्ट चाउचाउले वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरी वाइवाइ जस्तै देखिने -यापर प्रयोग गरेर उपभोक्तालाई भ्रममा पार्ने काम गर्दै आएको आरोप वाइवाइले लगाउँदै आएको छ । 

    यशोदा फुड्सले वाइवाइको नक्कल गरी उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रुपमा दर्ता गर्न समेत गर्न खोजेको थियो । उच्च अदालतले यशोदा फुड्सको उक्त आवेदन नं. ०९८२२२ को दर्ता प्रक्रियालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको थियो । 

    यस आदेशले वाइवाइको नक्कल गरी बजारमा पठाइएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने बताइएको छ । यदि बजारमा पठाइएका उक्त चाउचाउ यथावत रुपमा विक्रिवितरण गरिएमा अदालतको मानहानी गरेको मानिने जनाइएको छ । 

    अदालतको यस आदेशले बौद्धिक सम्पत्ति चोरी गरी नाजायज फाइदा उठाउन खोज्ने प्रवृत्तिलाई निरुत्साहित गरेको वाइवाइको ठहर छ । 


    तेस्रो आँखा