काठमाडौं, ८ फागुन। कानुन तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे जनतालाई यथार्थ जानकारी गराउन संसदमा एमसीसी टेबुल गरेको बताएका छन्।
अहिले एमसीसीबारे सडकमा र बाहिर व्यापक विरोध भइरहेको तर संसदमा कुनै पनि छलफल र बहस नभएकाले आज संसदमा टेबुल गर्नुपरेको उनले बताए। संशयमा रहेका जनतालाई जवाफ दिन पनि एमसीसी संसदमा टेबुल भएको बताउँदै अब संसदमा छलफल र बहस हुने उनकाे भनाइ छ। पास वा फेल जे भए पनि संसदमै हुने उनले जानकारी दिए ।
