• ट्रेण्डिङ्ग :
उत्तरगङ्गा ढोरबराह मन्दिरमा बिहानदेखि भक्तजनको घुइँचो

उत्तरगङ्गा ढोरबराह मन्दिरमा बिहानदेखि भक्तजनको घुइँचो


  • 2.4K
    SHARES
    • भाद्र ३, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.7K Views

    उत्तरगङ्गा ढोरबराह मन्दिरमा बिहानदेखि भक्तजनको घुइँचो

    बागलुङ, ३ भदौ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित उत्तरगङ्गा ढोरबराह मन्दिरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । 

    images

    जनैपूर्णिमामा पूजाअर्चना गर्न देशैभरबाट आएका भक्तजनको घुइँचो लागेको हो । ढोरबराह मन्दिरमा हरेक वर्ष जनैपूर्णिमामा ठूलो धार्मिक मेला लाग्छ । पश्चिम बागलुङकै ठूलो शक्तिपीठका रुपमा रहेको ढोरबराह मन्दिरमा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । 

    प्रसिद्ध धार्मिकस्थल उत्तरगङ्गा ढोरबराह मन्दिरमा पूजाआजा गर्न, भाकल गर्न तथा भेटी चढाउन नेपालका लागि आएका भक्तजन बिहान ५ बजेदेखि लाइनमा रहेको ढोरपाटन उपत्यका होटल व्यवसायी समितिका अध्यक्ष जीवन पुनले जानकारी दिनुभयो । बागलुङसहित छिमेकी जिल्ला गुल्मी, म्याग्दी, रुकुम, रोल्पा, प्यूठानसहित बुटवल, पोखरा काठमाडौँलगायत देशका विभिन्न क्षेत्रबाट भक्तजन आएको उहाँको भनाइ छ । 

    वर्षौं पुरानो यो धार्मिक मेला अहिलेसम्म चल्दै आएको पुन बताउनुहुन्छ । आइतबार बिहानदेखि ढोरपाटनमा भक्तजनको आगमन भइरहेको अध्यक्ष पुनको भनाइ छ । जनैपूर्णिमामा मुख्य पूजा आज भए पनि स्थानीय क्लबले खेलकुदसँगै सांस्कृतिक कार्यक्रम आयोजना गरेको हुँदा अझै केही दिन चल्ने उहाँ बताउनुहुन्छ । ढोरबराह मन्दिरमा आज सयौँ भेडा तथा बोकाको बलि दिइने पुनले जानकारी दिनुभयो ।

    बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङदेखि करिब ३२ किलोमिटर पश्चिममा रहेको ढोरपाटनमा जनैपूर्णिमाबाहेक अन्य समयमा पनि भक्तजन तथा पर्यटक घुम्न आउने गरेका छन् । 


    तेस्रो आँखा