• ट्रेण्डिङ्ग :
सडक दुर्घटनामा परि युवतीको मृत्यु

सडक दुर्घटनामा परि युवतीको मृत्यु


  • 5.9K
    SHARES
    • भाद्र ४, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 9.0K Views

    सडक दुर्घटनामा परि युवतीको मृत्यु

    बुटवल ४ भदौ । रुपन्देहीको बुटवलमा सडक दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । सोमबार राति बुटवलबाट पश्चिमतर्फ आउँदै  गरेको बलेरो जिप, बँदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको मोटरसाइकल र मुर्गियाबाट बुटवल आउँदै गरेको स्कुटर एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।

    images

    दुर्घटनामा परी अर्घाखाँचीको सन्धिखर्क घर भई बुटवल उपमहानगरपालिका-११ देविनगर बस्दै आएकी २७ वर्षीया सुश्मा श्रेष्ठ भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    मुर्गियाबाट लु ८७ प ४५७३ नम्बरको स्कुटरमा बुटवल तर्फ आउँदै गरेकी श्रेष्ठलाई बुटवल उपमहानगरपालिका-१२ शान्तीचोकमा नम्‍बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट अनियन्त्रित भएको स्कुटर लु १ च ६७८३ नम्बरको बलेरो जिपमा ठोक्किएको थियो ।

    दुर्घटना परी गम्भीर घाइते भएकी श्रेष्ठको उपचारका लागी अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । मोटरसाईकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा