दाङ ४ भदौ/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाउनु भएको छ । प्रदेश सभाको मंगलबारको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनु भएको थियो । मुख्यमन्त्री आचार्यको पक्षमा ७० सांसदले मत दिनु भएको थियो ।
उहाँलाई नेकपा (एमाले) का २९, नेपाली कांग्रेसका २७, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ३, जनता समाजवादी पार्टी (जसपा) २, जनता समाजवादी पार्टी नेपालका एक र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिनु भएको थियो ।
त्यस्तै, उहाँको विश्वासको मतको विपक्षमा ११ मत परेको छ । नेकपा माओवादी केन्द्रका ९, राष्टिय जनमोर्चाका १ र नेकपा एकीकृत समाजवादीका १ सांसदले विपक्षमा मत हाले। राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ जना सांसद तटस्थ बसेका छन् ।
आचार्य एमाले र कांग्रेसको समर्थनमा गएको साउन ७ गते मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । केन्द्रमा नयाँ गठबन्धन बनेपछि नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले मुख्यमन्त्रीबाट राजीनामा दिनु भएको थियो । ८७ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४४ मत आवश्यक पर्छ।
