• ट्रेण्डिङ्ग :
टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी, सञ्चारमन्त्री छलफलमा

टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी, सञ्चारमन्त्री छलफलमा


  • 3.1K
    SHARES
    • भाद्र ४, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.7K Views

    टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी, सञ्चारमन्त्री छलफलमा

    काठमाडौं, ४ भदौ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ ।

    images

    टिकटक फुकुवाको लागि सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ आन्तरिक छलफलमा जुटेका छन् । उनले फुकुवाको प्रस्ताव मन्त्रीपरिषद्मा लैजानका लागि विज्ञसँग छलफल गरिरहेको स्रोतले जानकारी दियो ।

    टिकटकले पत्र लेख्दै सरकारले राखेका सर्तहरूको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवा गर्न लागिएको हो । टिकटकले नेपालका सबै कानुन र सर्त मान्ने लिखित प्रतिबद्धता जनाएको छ ।

    यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० को कात्तिक २७ मा टिकटक बन्द गरेको थियो ।


    तेस्रो आँखा