• ट्रेण्डिङ्ग :
इनार सफा गर्ने क्रममा फसेका दुई जनाको उद्धार, अवस्था गम्भीर

इनार सफा गर्ने क्रममा फसेका दुई जनाको उद्धार, अवस्था गम्भीर


  • 9.3K
    SHARES
    • भाद्र ५, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 14.3K Views

    इनार सफा गर्ने क्रममा फसेका दुई जनाको उद्धार, अवस्था गम्भीर

    तुलसीपुर ५ भदौ/ इनार सफा गर्न क्रममा फसेका दुई जनाको उद्धार गरिएको छ । बुधबार बिहान दमारगाउँमा इनार सफा गर्ने गरेर बाहिर निस्कन नसकेका किशोर तुलसीपुर १३ दमार गाउँ निवासी १६ वर्षीय मुकेश बिक र सोही ठाउँका ३८ वर्षीय याम बहादुर नेपालीको उद्धार गरिएको छ । उनीहरुको अवस्था गम्भीर छ ।

    images

    बिक र नेपाली सोही ठाउँ निवासी दुर्गा बिकको इनार सफा गर्न भनि गएको समयमा इनारबाट निस्कन सकेका थिएनन् । स्थानियले दुई जना युवा इनारमा फसेको खवर गरेपछि दमारगाउँ प्रहरी पोष्ट,  इलाका प्रहरी कार्यालय तुलसीपुर र बिपद् व्यबस्थान कार्यालय र नेपाली सेना अम्बापुर बेश क्याम्पबाट खटिएको टोलीले उनीहरुको उद्धार गरेको हो । उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भई रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

    Screenshot 2024-08-21 105320.jpg


    तेस्रो आँखा