• ट्रेण्डिङ्ग :
तुलसीपुरमा इनार सफा गर्ने क्रममा निस्कन नसकेका दुई जनाकै मृत्यु

तुलसीपुरमा इनार सफा गर्ने क्रममा निस्कन नसकेका दुई जनाकै मृत्यु


  • 14.1K
    SHARES
    • भाद्र ५, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 21.7K Views

    तुलसीपुरमा इनार सफा गर्ने क्रममा निस्कन नसकेका दुई जनाकै मृत्यु

    तुलसीपुर ५ भदौ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँमा इनार सफा गर्ने क्रममा फसेका दुई जनाको मृत्यु भएको छ ।

    images

    बुधबार बिहान इनार सफा गरेर बाहिर निस्कन नसकेका तुलसीपुर १३ दमारगाउँ निवासी १६ वर्षीय मुकेश बिक र सोही ठाउँका ३८ वर्षीय याम बहादुर नेपालीको मृत्यु भएको हो । उनीहरु सोही ठाउँ निवासी दुर्गा बिकको इनार सफा गर्न भनि गएको समयमा इनारबाट निस्कन सकेका थिएनन् । 

    स्थानियले दुई जना युवा इनारमा फसेको खवर गरेपछि दमारगाउँ प्रहरी पोष्ट,  इलाका प्रहरी कार्यालय तुलसीपुर, बिपद् व्यबस्थान कार्यालय र नेपाली सेना अम्बापुर बेश क्याम्पबाट खटिएको टोलीले उनीहरुको उद्धार गरेको थियो । उनीहरुको उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको लागि ल्याईएको थियो ।


    उनीहरुलाई बिहान ११ बजेको समयमा अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले तेसा्रे आँखालाई जानकारी दिनु भयो । 

     


    तेस्रो आँखा