• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्, टिकटक प्रतिबन्ध हट्ने सम्भावना

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्, टिकटक प्रतिबन्ध हट्ने सम्भावना


  • 3.3K
    SHARES
    • भाद्र ६, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 5.1K Views

    प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्, टिकटक प्रतिबन्ध हट्ने सम्भावना

    काठमाडौं, ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे बस्नेगरी बोलाइएको हो ।

    images

    मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्ने सम्भावना छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिस्तरीय निर्णय गरेर टिकटक खोल्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गर्ने जनाइएको छ ।

    प्रतिबन्ध हटाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासो राख्दै त्यसबारे आवश्यक छलफल गर्न सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई निर्देशन दिएका थिए । टिकटकले सञ्चारमन्त्री गुरुङलाई सम्बोधन गरेर प्रतिबन्ध फुकुवा गरिदिन अनुरोध गर्दै पत्र लेखेको थियो ।


    तेस्रो आँखा