• ट्रेण्डिङ्ग :
लैङ्गिक विभेदका विरुद्ध महिला अगुवाहरु गाँउ टोलमा

लैङ्गिक विभेदका विरुद्ध महिला अगुवाहरु गाँउ टोलमा


  • 3.1K
    SHARES
    • भाद्र ६, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.8K Views

    लैङ्गिक विभेदका विरुद्ध महिला अगुवाहरु गाँउ टोलमा

    तुलसीपुर, ६ भदौ । महिलाहरुमाथि हुने कुनै पनि प्रकारका विभेद तथा हिंसाका विरुद्ध महिला अभियान्ताहरु गाँउ टोलमा खटिएका छन् । दलित महिला संघ तुलसीपुरले दाङका विभिन्न पालिकाका महिलाहरुलाई छनौट गरि लैङ्गिक विभेदका विरुद्ध अभियान सञ्जालन गर्न अगुवा महिलाहरुलाई टोल समाजमा खटाइएको दलित महिला संघकी अध्यक्ष युवा कराराले जानकारी दिनुभयो ।
     
    झण्डै २६ जना महिलाहरुलाई क्षमता विकास तालिम दिइएको उहाँले बताउनुभयो । ती महिलाहरुलाई समुदायमा नेतृत्व कसरी गर्न सकिन्छ, संवाद सहजीकरण सीप, मानव अधिकारको बिश्वब्यापी घोषणा पत्रमा उल्लेख गरिएको अधिकारहरु, जातीय विभेद तथा छुवाछुत मुक्त राष्ट्र घोषणा र त्यसको कार्यान्वयनको राम्रो र चुनौति, मौलिकहकका ब्यबस्थालगायतका विषयमा तालिम दिइएको दलित महिला संघले जनाएको छ । 

    images

    अगुवा महिला अभियान्ताको रुपमा विकास गरिएका ती २६ जना महिलाहरुले महिलामाथि हुने कूनै पनि हिंसाका बिरुद्ध अपनाइने कानुनी उपचार, दलित समुदायमा हुने जातीय विभेद तथा छुवाछुतका विरुद्ध गरिने कानुनी उपचार बिधि, बालविवाह न्यूनीकरणका उपायलगायतमा टोल समुदायमा भूमिका खेल्ने छन् ।

    त्यस्तै, आयआर्जन गर्न अपनाइने उपाय, राजनीतिक अधिकारमा पहुँचलगायतमा यी महिलाहरु संगठित भई अभियान सञ्चालन गर्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक पोषण सेञ्चुरीले जानकारी दिनुभयो । विभिन्न ४ किसिमका प्रशिक्षण दिई उनीहरुको क्षमतामा विकास गरिएको छ । यो समुह/सञ्जालमा दलित महिलाहरुको बाहुल्यता रहेको छ भने कयौ वर्तमान तथा पूर्वजनप्रतिनिधिहरु पनि छन् ।

    यसैबीच समग्र विकासको अवरोध, जातीय तथा लैङिक विभेद भन्ने नाराका साथ अगुवा महिला अभियान्तालाई अन्तराष्ट्रिय मानव अधिकारका औजारका विषयमा अभिमुखीकरण कार्यक्रम बिहिबार तुलसीपुरमा सम्पन्न गरिएको छ । दलित महिला संघका अध्यक्ष युवा कराराको अध्यक्षतामा भएको १ दिने उक्त कार्यक्रमको प्रशिक्षकमा अधिकारकर्मी एवम् पत्रकार सुशील बस्नेत र ओरेक नेपाल दाङकी पुजा बिकले गर्नुभएको थियो ।


    सुशील बस्नेत
    लेखकबाट थप