• ट्रेण्डिङ्ग :
सूचना बोकेर हिड्ने व्यक्ति सूचनारुपी शक्तिको संवाहक : मुख्य न्यायाधिश

सूचना बोकेर हिड्ने व्यक्ति सूचनारुपी शक्तिको संवाहक : मुख्य न्यायाधिश


  • 6.2K
    SHARES
    • भाद्र ७, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 9.6K Views

    सूचना बोकेर हिड्ने व्यक्ति सूचनारुपी शक्तिको संवाहक  : मुख्य न्यायाधिश

    तुलसीपुर, ७ भदौ ।  उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डे सूचना एक शक्ति भएको बताउँदै सूचना बोकेर हिड्ने व्यक्ति सूचनारुपी शक्तिको संवाहक भएको बताउनु भएको छ । एचआर मिडिया हाउसद्वारा संचालित इगल खबरको पहिलो वार्षिकोत्सवको अवसरमा बोल्दै उहाँले अहिलेको युगमा राज्य शक्तिको प्रयोग नभइ सूचना शक्तिको प्रयोग बलशाली रहेको बताउनु भयो ।

    images
    ppp-min.JPG

    कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पाण्डेले सूचनाको दुरुपयोग भयो भने त्यसले ठूलै क्षती पुर्याउँने बताउनु भयो । ‘समाचार लेख्दा अन्य विषयमा लेख्दा पुनरावेदन, खण्डन हुन सक्छ तर न्यायाधिशका बारेमा एक पटक गलत सूचना गरिदिनु भयो भने सदाका लागि सकिन्छ ।’ उहाँले भन्नुभयो ‘यस्तो शक्ति, अन्तिम अस्त्रको प्रयोग गर्नुभन्दा अगाडी राम्रोसँग सोच विचार गरिदिनु होला ।’ 

    त्यस्तै पाण्डेले कलमको आवाज सत्यको उद्घोष गर्ने आवाज भएको बताउनु भयो । पत्रकारहरुको कलमलाई सत्यको पक्षमा चलाउनु पर्ने बताउनु भयो । ‘अहिलेको समयमा मान्छेको बोलीमा बल कम हुँदै गइरहेको छ । किनभने जब मान्छे असत्यको पक्षमा हिड्छ, एउटै कुरालाई हरेक ठाउँमा फरक फरक अभिव्यक्ति दिंदा नै अभिव्यक्तिमा बल कम हुन्छ ।’ उहाँले भन्नुभयो । 

    p-min.JPG

    पाण्डेले समाजिक, आर्थिक, राजनैतिक, प्रशासनिक र अन्य क्षेत्रमा हुने बिभेदको अबलम्वन गर्दै र सत्य तथ्य समाचार प्रकाशन गर्नुपर्ने बताउनु भयो । साथै अदालतका विषयमा सत्य, तथ्य र ठोस कुराको अध्ययन गरेर मात्र समाचार लेख्न आग्रह गर्नुभयो ।

    एच.आर मिडिया हाउसकी अध्यक्ष निमा रानाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका कार्य बहाक मेयर भिम योगीले नेपालको व्यवस्था परिवर्तनमा पत्रकारहरुको कलम र विचारले सम्भव भएको बताउनु भयो । अर्का विशिष्ट अतिथि तथा कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जातीय बिरुद्ध, जाणरण मुक्त बनाउने र विभेद गर्नेलाई गाउँपालिकाले सचेत बनाएको बताउनु भयो । पालिकाले सञ्चालन गरेका विभिन्न अभियानमा निरन्तर साथ सहयोग गर्ने एचआर मिडियालाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।  

    pp-min.JPG

    एचआर मिडिया प्रालिका सदस्य तथा कालाकार सान्तराम सेन्चुरीको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङकी सहसचिव दिप्तीशिखा चौधरी, प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, प्रेस चौतारी लुम्बिनी प्रदेश उपाध्यक्ष ओपेन्द्र बस्नेत, प्रेस सेन्टर दाङका सचिव दिपक बोहरा, दलित महिला संघ दाङकी अध्यक्ष युवा करारा, बक्सिङ संघ दाङका कोषाध्यक्ष दिपक केसीलगायतले बोल्नु भएको थियो ।

    कार्यक्रमको अवसरमा बिहीबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको थियो । कार्यक्रमको सहजीकरण एच ।आर । मिडिया प्रा लिद्धारा संचालित इगल खबरका प्रबन्धक निर्देशक एचआर मगरले गर्नुभएको थियो । कार्यक्रममा वार्षिक कार्य विवरण भिडियो मार्फत प्रस्तुत गरिएको थियो । उक्त अवसरमा पत्रकार लगायत कार्यक्रम सफल पार्न सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

    p1-min.JPG


    तेस्रो आँखा