• ट्रेण्डिङ्ग :
कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन सकियो, दिउँसोसम्म मतपरिणाम आउने

कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन सकियो, दिउँसोसम्म मतपरिणाम आउने


  • 8.5K
    SHARES
    • फाल्गुण ९, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन सकियो, दिउँसोसम्म मतपरिणाम आउने

    महोत्तरी, ९ फागुन । नेपाली कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ। लामो समयदेखि निर्वाचनस्थलको विवादले स्थगित हुँदै आएको क्षेत्र-३ को अधिवेशन पिपरा गाउँपालिकामा गर्ने सहमति भएपछि आइतबार निर्वाचन भएको हो।

    images

    कहिले मतदान अधिकृतको अपहरण त कहिले नेताहरूबीचमै देखिएको मतविभाजनले अन्य क्षेत्रमा अधिवेशन हुँदा पनि क्षेत्र नम्बर ३ को भने विवादित बन्दै आएको थियो।

    जिल्लाको मनरासिस्वा वडा न.८ र बल्वा नगरपालिकामा पनि अधिवेशन सम्पन्न भएको छ। योसँगै जिल्ला अधिवेशनका लागि आकांक्षीहरूको सहभागी हुन पाउने बाटो खुल्ला भएको छ। अहिले पिपरामा मतगणना भइरहेको छ। दिउँसो १ बजेसम्म सम्पूर्ण नतिजा आइसक्ने जिल्लाका निर्वाचन अधिकृत इन्द्र अधिकारीले जानकारी दिए ।

    सभापतिमा रागवेन्द्र झा र लवराजा सिंहबीच कडा प्रतिस्पर्धा भइरहेको छ । उक्त पदमा दुईजनाको मात्र उम्मेदवारी परेको थियो । विभिन्न वडा र पालिकाबा मतदान गर्न पाउने अधिकार प्राप्त गरेका जम्मा पाँच सय ३४ जनाले मतदान गरेको जिल्ला सभापति महेन्द्र राय यादवले जानकारी दिए ।


    तेस्रो आँखा