• ट्रेण्डिङ्ग :
सबै दलहरुको सहभागितामा अघि बढेको एमसीसी पारित हुन्छ –महत 

सबै दलहरुको सहभागितामा अघि बढेको एमसीसी पारित हुन्छ –महत 


  • 6.9K
    SHARES
    • फाल्गुण ९, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    सबै दलहरुको सहभागितामा अघि बढेको एमसीसी पारित हुन्छ –महत 

    काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका प्रवक्ता प्रकासशरण महतले एमसीसी पारित हुने बताएका छन्। नेपालका  सबै दल र नेताहरुको सहभागिता र सहयोगमा आएको हुँदा यसको विरोध गर्नु औचित्य नभएको उनले बताएका हुन्।

    images

    एमसीसी सहयोगलाई सरकारको जिम्मेवारीमा रहदा सहभागिता जनाउने नेताहरुले नै झुटो प्रचार गरेर जनतामा भ्रम फैलाएको उनले बताए।

    माओवादीको पालामा निवेदन दिएर सुरु गरिएको कांग्रेसले त्यसलाई पुरा गर्न लागेको उनको भनाइ छ। एमसीसी तत्कालीन माओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री र नेता नारायणकाजी श्रेष्ठ परराष्ट मन्त्री हुँदा आफैले निवेदन दिएर माग गरेको परियोजनाका विषयमा अनावश्यक बहस गर्नु फाइदाजनक नहुँने उनको तर्क छ।  

    संसदमा टेबल भएको एमसीसी १२ गतेको छलफलमा निर्णयार्थ अघि बढ्नेसमेत उनले बताए। जसरी टेबल गर्न दलहरुले सहयोग गरे त्यसैगरी पास गर्न पनि सहयोग गर्ने अपेक्षा राखेको उनले बताए। नेपाली कांग्रेस एक्लैले नभइ सबै दलहरुको सहमतिमा पेश गरेको एकसीसीका विाष्यमा राजनीतिक गर्ने काम नगर्न सबै दलहरुलाई अनुरोध गरेका छन्। पेस भएको एमसीसी पास गराउने पक्षमा सबै दलहरु लाग्ने र वर्तमान गठबन्धनमा समेत यही विषयलाई लिएर अप्ठ्यारो नपर्ने उनले बताए।

    एमसीसीका विषयमा आएका भ्रम चिर्दै उनले भने, ‘विद्युत प्रसारण लाइन र सडक निर्माण हुदा कसरी राष्टघात हुन्छ, सबै दलहरुको सहभागितामा देशहितका लागि आएको परियोजनालाई राष्ट्रघात हुन्छ भन्ने कुरा पहिलो पटक सुने मलाइत अचम्म लाग्छ।’

    अमेरिकाले गर्ने भनेको यो अनुदान सहयोग सहयोग हो, उनले थपे, ‘अर्थ मन्त्रालयको सचिवको नेतृत्वमा यो परियोजना सञ्चालन व्यवस्थापन समिति छ, सैन्य प्रयोजनका लागि खर्च गर्न पाइदैन भनेको छ, कसरी अमेरिकी सेना आउछ ? यो वाइहात कुरा हो।’  यो परियोजना देशहितमा छ। संसदबाट पास गराएर कार्यन्वायनमा लैजान सबैले सहयोग गरौं।’


    तेस्रो आँखा