तुलसीपुर, ९ भदौ । तुलसीपुरमा अटाेले ठक्कर दिंदा तीन वर्षीया बालिका गम्भीर घाइते भएकी छिन् ।आइतबार बेलुकी साढे ५ बजेकाे समयमा अटाेले ठक्कर दिंदा तुलसीपुर उपमहानगरपालिका वडा नं १० निवासी मनाेज पुनकाे ३ वर्षीया छाेरी काब्या पुन घाइते भएकी हुन् ।
बालिकालाई तुलसीपुरबाट कटाहा तर्फ जादै गरेको रा १ ह १९५३ नं. को अटोले ठक्कर दिएको हाे । बालिकालाई दुबै हात, खुट्टा र शरीरमा चोट लागेकाे छ । घाइते बालिकालाई उपचारकोलागि नेपालगन्ज रेफर गरिएको छ । उनकाे अवस्था गम्भीर छ । अटाे चालक तुलसीपुर ११ उरहरी निवासी ४४ वर्षीय जनार्दन खड्कालाई इप्रका तुलसीपुरले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयाे ।
