• ट्रेण्डिङ्ग :
एकीकृत समाजवादीको निर्वाचन हपराह्न २ बजेदेखि

एकीकृत समाजवादीको निर्वाचन हपराह्न २ बजेदेखि


  • 2.7K
    SHARES
    • भाद्र ११, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.1K Views

    एकीकृत समाजवादीको निर्वाचन हपराह्न २ बजेदेखि

    काठमाडौँ, ११ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले निर्वाचनका लागि उम्मेद्वारको नाम दर्ता बिहानदेखि सुरु गरेको छ । 

    images

    पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य छनोटका लागि निर्वाचन गर्न लागेको पार्टीले उम्मेदवारी दर्ताको प्रक्रिया सकिएपछि दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम सम्पन्न गर्ने कार्य तालिका छ ।

    अपराह्न २ देखि ५ बजेसम्म मतदानको व्यवस्था गरिएको छ । मतदानलगत्तै मतगणना गरी परिणाम आजै साँझसम्म घोषणा गर्ने केन्द्रीय सदस्य ताज मोहम्मद मियाँले जानकारी दिनुभयो । वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, चार उपमहासचिव, सात सचिव गरी १८ पदमा पदाधिकारी र बाँकी पोलिटब्यूरो सदस्यका छनोटका लागि निर्वाचन गर्न लागिएको हो । 

    पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । केन्द्रीय कमिटीको सदस्यले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने छन् । सचिवालय सदस्य, स्थायी समिति सदस्यलगायत विभागका  संरचना केही दिनपछि निर्माण गर्ने जनाइएको छ ।

     केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् । पदाधिकारीको टुङ्गो लगाउन पार्टीको यही भदौ ९ गतेदेखि आजसम्म केन्द्रीय कमिटी बैठकसमेत चलेको छ । केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् । उम्मेदवारी दर्ता गराएका नेताहरुले प्रचारप्रसार तथा आफ्ना मतदाताप्रति मत माग्न व्यस्त छन् ।


    तेस्रो आँखा