• ट्रेण्डिङ्ग :
लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता खनालले सपथ लिनुभयो

लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता खनालले सपथ लिनुभयो


  • 4.1K
    SHARES
    • भाद्र १२, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 6.3K Views

    लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता खनालले सपथ लिनुभयो

    बुटवल १२ भदौ/ लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले पद तथा गोपनियताको सपथ लिनु भएको छ । 

    images

    प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिस नित्यानन्द पाण्डेयले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो ।

    सपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, उपसभामुख मेनुका खाँड केसी लगायत उच्च पदस्थ व्यक्तिहरुको बिशेष उपस्थिति थियो । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य¸ अधिकार र सेवाका अन्य शर्तसम्बन्धी ऐन, २०७५ वमोजिम खनाललाई सपथ ग्रहण गराइएको थियो ।

    मुख्यमन्त्री आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बुटवल उपमहानगरपालिका-९ निवासी खनाललाई गत भदौ ६ गते  मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नु भएको थियो । नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम खनाललाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको थियो ।

    WhatsApp Image 2024-08-28 at 11.07.50 AM.jpeg


    तेस्रो आँखा