• ट्रेण्डिङ्ग :
आगामी निर्वाचनमा एक्लै लड्छौँ : रेखा शर्मा

आगामी निर्वाचनमा एक्लै लड्छौँ : रेखा शर्मा


  • 5.9K
    SHARES
    • भाद्र १२, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 9.0K Views

    आगामी निर्वाचनमा एक्लै लड्छौँ : रेखा शर्मा

    तुलसीपुर, १२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य रेखा शर्माले पार्टीलाई आगामी चुनावमा एक्लै लड्ने अवस्थामा पुर्‍याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएकी छन् ।

    images

    मङ्गलबार माओवादी केन्द्र तुलसीपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रहेकी शर्माले एक्लै चुनाव लड्नका लागि माओवादी घटकबीच एकता आवश्यक रहेको बताइन् ।

    “आगामी निर्वाचनसम्म सरकारको नेतृत्व नगर्ने र माओवादी घटकबीच एकताबद्ध गरेर एक्लै चुनाव लड्ने वातावरण निर्माण गर्नेगरी पार्टीले छलफल अघि बढाएको छ”, उनले भनिन् ।

    पार्टीभित्र अन्तरविरोध रहने विषयलाई ठूलो रुप बनाउन नहुने उल्लेख गर्दै उनले पार्टीभित्रको छलफललाई स्वाभाविक रुपमा लिनुपर्नेमा जोड दिइन् ।

    त्यस अवसरमा पार्टीका निर्वाचन आयोग संयोजक कुवेर वलीले पार्टीभित्र गुटबन्दी हुन नहुने बताइन् ।

    पार्टी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्कीले माओवादी केन्द्रको जनमत घट्दै गएकोप्रति समीक्षा हुनुपर्ने बताइन् ।


    तेस्रो आँखा