• ट्रेण्डिङ्ग :
प्रतिनिधि सभा बैठक बस्दै, कस्तो छ कार्यसूची ?

प्रतिनिधि सभा बैठक बस्दै, कस्तो छ कार्यसूची ?


  • 3.9K
    SHARES
    • भाद्र १३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 6.0K Views

    प्रतिनिधि सभा बैठक बस्दै, कस्तो छ कार्यसूची ?

    प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । 

    images

    आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–०८० पेस गर्ने कार्यसूची छ । 

    यस्तै, सोबिता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्गठनहरूले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली विश्वसनीयता बढाउन आवश्यक भएको’ विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

    उक्त प्रस्तावको समर्थकमा डोलप्रसाद अर्याल, सन्तोष परियार, तोसिमा कार्की, हरि ढकाल, मनिष झा, निशा डाँगी, विनिता कठायत, शिव नेपाली, अशोक कुमार चौधरी, सुमना श्रेष्ठ, डा चन्दा कार्की(भण्डारी), गणेश पराजुली र विन्दवासिनी कंसकार रहनेछन् । 

    यस्तैगरी, सभामुख देवराज घिमिरेले संविधानसभाका सदस्य श्रवणकुमार अग्रवालको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको  छ । 


    तेस्रो आँखा