• ट्रेण्डिङ्ग :
बबई सिँचाइको नहरले बगाउँदा बालिकाको मृत्यु

बबई सिँचाइको नहरले बगाउँदा बालिकाको मृत्यु


  • 4.0K
    SHARES
    • भाद्र १४, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 6.2K Views

    बबई सिँचाइको नहरले बगाउँदा बालिकाको मृत्यु

    बर्दिया, १४ भदौ । बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा बारबर्दिया नगरपालिका–९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरी रहेकी छिन् ।  बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गएराति  नहरको किनारमा बालिकाको चप्पल फेलापरेको थियो । बालिकाको आज बिहान शव फेलापरेको बर्दिया जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।

    images

    नहर किनारमा चप्पल फेलापरेपछि प्रहरीले बालिका नहरमा बगेको आशङ्कामा खोजी गर्दै जाँदा चप्पल भेटिएको स्थानबाट चार किलोमिटर पश्चिमतर्फ वडा नं ९ स्थित धोविनपुर भन्ने ठाउँमा बालिकाको शव भेटिएको बताइएको छ । 


    तेस्रो आँखा