• ट्रेण्डिङ्ग :
हट्यो भ्रष्टाचार मुद्दामा सरकारले ल्याएको पाँच वर्षे हदम्याद

हट्यो भ्रष्टाचार मुद्दामा सरकारले ल्याएको पाँच वर्षे हदम्याद


  • 3.7K
    SHARES
    • भाद्र १४, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.7K Views

    हट्यो भ्रष्टाचार मुद्दामा सरकारले ल्याएको पाँच वर्षे हदम्याद

    काठमाडौँ, १४ भदौ । भ्रष्टाचारसम्बन्धी कसुरमा पाँच वर्षे हदम्याद हटाउने विषयमा सहमति जुटेको छ ।

    images

    संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सरकारले ल्याएको पाँच वर्षे हदम्याद हटाउने विषयमा सहमति जुटेको हो ।

    शुक्रवार बसेको समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल भएको थियो ।

    गृहमन्त्री रमेश लेखकले सबैभन्दा बढी चर्चामा रहेको हदम्यादसम्बन्धी विषयलाई समितिले शुक्रवार टुंगो लगाएको बताउनुभयो । 

    उहाले भन्नुभयो– ‘आज हामीले त्यो विषयलाई टुंगो लगायौँ । भ्रष्टाचारको अनुसन्धानका लागि जानकारी पाएको मितिले ५ वर्षको हदम्याद रहने भन्ने व्यवस्थालाई हटाउने गरेर सरकारकै तर्फबाट मैले त्यो प्रस्ताव राखेको हुँ । र समितिबाट सर्वसम्मतिले पारित भयो ।’


    तेस्रो आँखा