• ट्रेण्डिङ्ग :
अन्तर्राष्ट्रिय बेपत्ता दिवस : आफन्त भन्छन्, लास कि सास देउ

अन्तर्राष्ट्रिय बेपत्ता दिवस : आफन्त भन्छन्, लास कि सास देउ


  • 4.4K
    SHARES
    • भाद्र १४, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 6.7K Views

    अन्तर्राष्ट्रिय बेपत्ता दिवस : आफन्त भन्छन्, लास कि सास देउ

    तुलसीपुर १४ भदौ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ पहरुवा निवासी सोमली चौधरीका श्रीमानलाई २०५९ साल भदौ २१ गते तत्कालिन राज्यपक्षले अपहरण गरेर वेपत्ता बनायो । २०५९ सालदेखि सोमली आफैले बुवा आमा दुबैको कर्तव्य एक्लैले पुरा गर्दै छोराछोरीको पालन पोषण गर्दै आउँनु भएको छ । श्रीमान बेपत्ता भएको यो २२ वर्षको अवधिमा राज्य पक्षबाट १० लाख क्षतिपूर्ति वाहेक अहिलेसम्म कुनै सहयोग नपाएको उहाँको भनाई छ । मेरो श्रीमानको अवस्था के कस्तो छ, अहिलेसम्म कुनै अत्तोपत्तो छैन्, सरकारले क्षतिपुर्ति वाफत १० लाख रुपैँया दियो, मेरो श्रीमान भएको भए २२ वर्षसम्म १० लाख मात्रै कमाउनु हुन्थ्यो त ? उहाँले प्रश्न गर्नुभयो । उहाँले श्रीमानको लाश कि सास दिन सरकारसँग आग्रह गर्नुभयो ।

    images

    शसस्त्र द्धन्द्धकै क्रममा दंगीशरणका खुमबहादुर भण्डारीका छोरा हिराबहादुर भण्डारी पनि सुर्खेतबाट बिना कारण अपहरणमा पर्नुभयो । अहिलेसम्म उहाँ पनि छोराको प्रखाईमा हुनुहुन्छ । तर छोरा जिउँदो छ या मरेको भन्ने बारेमा केही जानकारी छैन् । छोराको नत सास भेटियो, न लाश नै भेटियो । जस्ले गर्दा घर जग्गाको कारोबार मिलाउन निकै समस्या भोग्नु परेको उहाँको भनाई छ । अहिले पनि छोरा घरमा आउँछकी भन्ने आशामा आफ्नो परिवार रहेको उहाँले बताउनुभयो ।

    द्धन्द्धको समयमा राज्य पक्ष तथा विद्रोही पक्षबाट वेपत्ता पारिएका आफन्तहरुले सरकारले प्रत्येक वर्ष आश्वाशन मात्रै दिने गरेको भन्दै दुखेसो पोखे । उनीहरुले वेपता पारिएका आफन्तको वारेमा परिवारले जान्न पाउँनु पर्ने माग गरे । नेपालमा २०५२ सालदेखि २०६३ सालसम्म चलेको शसस्त्र द्धन्द्धको क्रममा बेपत्ता भएका मध्ये १३२३ जना व्यक्ति बेपत्ताको सूचिमा छन् । दाङका मात्रै ८१ जना बेपत्ता छन् ।

    यसैबिच अन्तर्राष्ट्रिय बेपत्ता दिवस तुलसीपुरमा मनाईएको छ । (जान्न पाउँने अधिकार) भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी तुलसीपुरको आयोजना र तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा कार्यक्रम भएको हो । नेपाल रेडक्रस सोसाइटी दाङका अध्यक्ष मदन गौतमको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यता एवं रेडक्रस सोसाईटिका निवर्तमान अध्यक्ष नारायण आचार्यको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

    कार्यक्रममा बोल्दै मेयर खड्काले लामो समयसम्म परिवारबाट वेपत्ता पारिएका आफन्त शकुसल भेटिने सम्भावना कम भएकाले कानूनी रुपमा वेपत्ता पारिएका परिवारलाई क्षतिपूर्ती दिन सकेमा मलम पट्टीको काम हुने बताउँनुभयो । अहिले संघीय सरकारदेखि स्थानीय सरकार समेत वेपत्ता नागरिकको अवस्था बुझेर उहाँको परिवारलाई क्षतिपूर्ति दिने कुरामा जिम्मेवार रहेको बताउँनुभयो ।

    WhatsApp Image 2024-08-30 at 5.12.37 PM.jpeg

    कार्यक्रममा रेडक्रस सोसाइटीका निवर्तमान अध्यक्ष नारायण आचार्य, तुलसीपुर ६ का वडाध्यक्ष दुजमान भण्डारी लगायतले बोल्नु भएको थियो । रेडक्रस दाङका उपसभापति हरिहर पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बिमल केसीले गर्नु भएको थियो ।

     


    तेस्रो आँखा