• ट्रेण्डिङ्ग :
मलाई बलमिच्याइँ गरेर प्रधानमन्त्रीबाट हटाइयो : प्रचण्ड

मलाई बलमिच्याइँ गरेर प्रधानमन्त्रीबाट हटाइयो : प्रचण्ड


  • 3.9K
    SHARES
    • भाद्र १६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.0K Views

    मलाई बलमिच्याइँ गरेर प्रधानमन्त्रीबाट हटाइयो : प्रचण्ड

    काठमाडौं, १६ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई बलमिच्याइँ गरेर प्रधानमन्त्रीबाट हटाइएको बताउनुभएको हो ।

    images

    प्रेस सेन्टर बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस– एमालेले बलमिच्याइँ गरेर प्रधानमन्त्रीबाट हटाएको आरोप लगाउनुभएको थियो । 

    उहाले आफूले राम्रो गर्दागर्दै पनि दुई ठूला दलले प्रधानमन्त्रीबाट हटाएको बताएको बताउनुभयो ।

    उहाले भने–‘मैले राम्रो काम गर्दागर्दै पनि प्रधानमन्त्रीबाट हटाइयो । एमाले र नेपाली कांग्रेसले बलमिच्याइँ गरेर प्रधानमन्त्रीबाट हटाए ।’

    अध्यक्ष प्रचण्डले समाजवादी मोर्चालाई व्यवस्थित गर्दै विचार मिल्ने दलहरूबिच पार्टी एकता गर्दै जाने योजना रहेको बताउनुभएको हो ।


    तेस्रो आँखा