• ट्रेण्डिङ्ग :
प्रदेश स्तरीय “मिसेज लुम्बिनी प्रदेश–२०८१” हुँदै

प्रदेश स्तरीय “मिसेज लुम्बिनी प्रदेश–२०८१” हुँदै


  • 4.6K
    SHARES
    • भाद्र १७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 7.1K Views

    प्रदेश स्तरीय “मिसेज लुम्बिनी प्रदेश–२०८१” हुँदै

    लुम्बिनी १७ भदौ । रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको आयोजनामा प्रदेश स्तरिय “मिसेज लुम्बिनी प्रदेश–२०८१” कार्यक्रमको आयोजना हुने भएको छ । भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले यसबारे जानकारी दिएको हो । 

    images

    क्लबका अध्यक्ष ओम जैसीका अनुसार महिला शसक्तिकरण गर्ने मूख्य उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको हो । यस संगै छात्र शिक्षा र भैरहवामा आईसियु जडित एम्बुलेन्स खरिद गर्ने उद्देश्य पनि कार्यक्रमले लिएको उहाँले बताउनुभयो । 

    प्रतियोगितामा सहभागी हुनेकालागि भदौ १७ गतेबाट फारम खुल्ला हुने कार्यक्रम संयोजक देवी गुरुङ्गले जानकारी गराउनुभयो । गुरुङका अनुसार भैरहवाको काशी सिनेप्लेक्समा रहेको सचिवालय वा खल्ती एपबाट फारम भर्न सकिनेछ । आगामी  कात्तिक १ गतेदेखि १२ गतेसम्म लुम्बिनी प्रदेशको राजधानी दाङ र भैरहवा गरी दुई स्थानमा प्रतियोगिताको अडिसन हुनेछ । कात्तिक २३ गतेबाट क्लोज क्याम्प सुरु गरि मंसिरको १५ गते विजेता घोषणा गरिने क्लबका अध्यक्ष ओम जैसीले जानकारी गराउाुभयो ।

    प्रतियोगितामा प्रथम हुनेले आकर्षक क्राउनसहित नगद ५१ हजार, फर्स्ट रनर अफले क्राउनसहित नगद ३१ हजार र सेकेण्ड रनर अपले क्राउनसहित नगद २१ हजार रुपैया प्राप्त गर्ने गुरुङ्गले जानकारी दिनुभयो । २० वर्ष पुरा भएका लुम्बिनी प्रदेशका विवाहित जुनसुकै महिला पनि कार्यक्रममा भाग लिन पाउने छन् । सरीता रानाको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले शुभकामना मन्तब्य राख्नु भएको थियो ।  


    तेस्रो आँखा