• ट्रेण्डिङ्ग :
मन्त्री गुरूङद्वारा राजीनामा

मन्त्री गुरूङद्वारा राजीनामा


  • 6.3K
    SHARES
    • भाद्र १७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 9.6K Views

    मन्त्री गुरूङद्वारा राजीनामा

    गण्डकी, १७ भदौ । गण्डकी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री राजीव गुरूङले पदबाट राजीनामा दिनुभएको छ । आज मन्त्रिपरिषद् हेरफेरका क्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालीरहनुभएका उहाँलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । 

    images

    गुरूङले परिवर्तित राजनीतिक घटनाक्रममा कारण राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उहाँको राजीनामा स्वीकृत गर्नुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

    गुरूङ मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । मुख्यमन्त्री पाण्डेले आजै नेकपा (एमाले) का चार जना मन्त्री नियुक्त गर्नुभएको थियो ।


    तेस्रो आँखा