बर्दिया १८ भदौ । बर्दिया जिल्ला पर्यटनको दृष्टिकोणले राष्ट्रिय अन्तर्राष्ट्रिय हव बनेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले संरक्षणको क्षेत्रमा महत्त्वपूर्ण योग्दान पुर्याएको, बाघ, हात्ती, गैडा लगायतका दुर्लभ बन्यजन्तु अवलोकनको राष्ट्रिय अन्तर्राष्ट्रिय गन्तव्य बन्न सफल भएको बताउनु भयो । अझै बर्दियालाई विश्व जगतमा ब्राण्डिङ्ग गर्न प्रदेश सरकारले पहल लिने बताउनु भएको हो । बर्दियालाई धार्मिक, सांस्कृतिक दृष्टिकोणले समेत स्थापित गर्न सकिने बताउनु भएको छ ।
बर्दियाको जिल्लाको पवित्र तिर्थ स्थल ठाकुर बाबा मन्दिरको अवलोकन गर्दै आचार्यले सो कुरा बताउनु भएको हो ।ञयहाँको पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्याउन सरकारले बनाउने पर्यटन सर्किटमा जोड्छौं,उहाँले भन्नुभयो-लुम्बिनीमा आउने पर्यटकलाई बर्दिया राष्ट्रिय निकुञ्जमा ल्याउने, धेरै समय अडिनेगरी प्याकेज बनाउनेगरी काम भइरहेको छ । पर्यटनको विकासले समग्र लुम्बिनीको विकासमा टेवा पुर्याउछ ।
बर्दिया जिल्लाको समग्र विकासका लागि प्रदेश सरकारले योजना तथा बजेटमा प्राथमिकतामा पार्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । चालू आर्थिक बर्षमा प्रदेश सरकारले बर्दिया जिल्लामा एक अर्ब बढी बजेट विनियोजन गरेको छ । बर्दियाको रैथाने कृषि बालि प्रबर्द्धनमा समेत सरकारले प्राथमिकतामा राखेको हो ।
