• ट्रेण्डिङ्ग :
रामग्राम विकास कोषले पूर्णता पायो

रामग्राम विकास कोषले पूर्णता पायो


  • 4.9K
    SHARES
    • भाद्र १९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 7.6K Views

    रामग्राम विकास कोषले पूर्णता पायो

    नवलपरासी, १९ भदौ । भगवान गौतमबुद्धको अस्तुधातु रहेको पश्चिम नवलपरासीमा अवस्थित रामग्राम स्तूपको चौतर्फी विकासका लागि गठित रामग्राम विकास समिति (कोष)ले  पूर्णता पाएको छ  । रामग्राम नगरपालिकाका प्रमुख पदेन संयोजक रहेको उक्त कोषमा विभिन्न विधाबाट चयन गरिने  अन्य चार विज्ञ सदस्यलाई मनोनयन गरिएसँगै  कोषले पूर्णता पाएको हो । 

    images

    स्थानीयवासीले रामग्राम स्तूपसँग सम्बन्धित अन्य स्थानको विकासका लागि रामग्राम विकास कोष बनाउन गरेको माग रामग्राम नगरपालिकाको नगरसभाद्वारा ‘रामग्राम विकास समिति ऐन, २०८०’ पारित गरिएको थियो । सो ऐनअनुसार अन्य सदस्यको मनोनयन गरि पूर्णता प्रदान गरिएको नगरप्रमुख धनपत यादवले जानकारी दिनुभयो । उक्त समितिमा कैलाश ठाकुर, नारद यादव, रामप्रसाद पाण्डे र बेचु गौडलाई मनोनयन गरिएको हो ।

    डेढ दशकदेखि स्थानीय सङ्घसंस्थाले माग गरे अनुसार रामग्राम विकास समिति ९ कोष०ले पूर्णता पाएको छ ।  “छिट्टै कार्ययोजना बनाइ काम अगाडि बढाइने छ”, उहाँले भन्नुभयो । 

    चालु आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले  रामग्राम स्तूप क्षेत्रमा अतिआवश्यक काम गर्न रु ४० लाख बजेट विनियोज गरेको छ । दातृ निकायलाई रामग्राम विकास कोष वृद्धिका लागि आह्वान गरि विकासलाई निरन्तरता दिइने नगर प्रमुख यादवले जानकारी दिनुभयो । 


    तेस्रो आँखा