काठमाडौं, १० फागुन। प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्षबीच छलफल भएको छ। मंगलबार बेलुका एमाले अध्यक्ष ओली देउवालाई भेट्न बालुवाटार पुगेका हुन्।
उनीहरुकाबीचमा एमसीसी प्रकरण र संसद अवरोध खुलाउने विषयमा कुराकानी भएको बताइएको छ। देउवालाई भेटन् ओली एमाले वरिठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपाध्यक्ष बिष्णु पौडेल र उपमहासचिव बिष्णु रिमालसँगै गएका हुन् । सरकारले संसदमा एमसीसी टेबल गरेपछि पहिलो पटक उनीहरुबीच भेटवार्ता भएको हो ।
