• ट्रेण्डिङ्ग :
लुम्बिनी प्रदेशको जनसम्पर्क सल्लाहकारमा रामबहादुर राउत

लुम्बिनी प्रदेशको जनसम्पर्क सल्लाहकारमा रामबहादुर राउत


  • 2.4K
    SHARES
    • भाद्र १९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 3.8K Views

    लुम्बिनी प्रदेशको जनसम्पर्क सल्लाहकारमा रामबहादुर राउत

    दाङ १९ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनसम्पर्क सल्लाहकार नियुक्त गर्नु भएको छ । पाल्पा रैनादेवी छहरा गाउँपालिका–२ निजासी डा. रामबहादुर राउतलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गर्नु भएको हो ।

    images

    मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्वन्धि ऐन, २०७५ को दफा १० को उपदफा (१) अनुसार राउतलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गरिएको छ । सकारात्मक सोंच विस्तार अभियानका अभियन्ताको रुपमा स्थापित राउतले समाजशास्त्रबाट योजना तर्जुमामा पिएचडी गर्नु भएको छ ।

    साथै उहाँले ग्रामिण विकासमा स्नातकोत्तर गर्नु भएको छ । अधिवक्ता समेत रहनु भएका राउतलाई मुख्यमन्त्री आचार्यले भदौ १५ गतेदेखि लागु हुनेगरी जनसम्पर्क सल्लाहकारमा नियुक्त गर्नु भएको हो ।


    तेस्रो आँखा