• ट्रेण्डिङ्ग :
देउवासँगको भेटवार्ता अघि ओली र अमेरिकी राजदूतबीच छलफल

देउवासँगको भेटवार्ता अघि ओली र अमेरिकी राजदूतबीच छलफल


  • 7.3K
    SHARES
    • फाल्गुण १०, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    देउवासँगको भेटवार्ता अघि ओली र अमेरिकी राजदूतबीच छलफल

    काठमाडौं, १० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ । 

    images

    ओली निकट स्रोतका अनुसार मंगलबार दिउँसो ओली र बेरीबीच बालकोटमा भेटवार्ता भएको हो ।

    प्रतिनिधि सभामा एमसीसी टेबल भएपछि त्यसबारेमा छलफल गर्न बे‍री बालकोट पुगेका थिए । अब बस्ने बैठकमा एमसीसीबारे संसदमा छलफल गर्ने तयारी छ तर प्रतिपक्षी एमाले भने निरन्तर संसद अवरुद्ध गरिरहेको छ । 

    बेरीसँगको भेटवार्ता पछि ओली प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि बालुवाटार पुगेका थिए । 

    बालुवाटारमा देउवाले ओलीलाई एमसीसी पास गर्न सहयोग गर्न आग्रह गरेका थिए । तर ओली भने संसदमा आफूहरुको प्रवेशका लागि माग सम्बोधन गर्नु पर्ने अडान राखेका छन् ।  
     


    तेस्रो आँखा